जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन,  विश्व नेताहरूद्वारा आक्रमणको निन्दा


टोकिया, २४असार : गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । 
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । 
यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ ।

 जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् । 

 (रासस/एएनआई)

प्रतिक्रिया