प्रियंका र निकको डिभोर्स नहुने, यस्तो छ निकलाई लागेको अनौठो रोग 


काठमाडौं । ग्लोबल हिट भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबिच सम्बन्ध विच्छेदको हल्ला आखिर निराधार साबित भएको छ ।  


निक जोनसले आफ्नो अफीसियल इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको भिडियोमा प्रियंकाको प्रेमल टिप्पणीले भन्छ, उनीहरुको सम्बन्ध सुमधुर छ । 


निकको भिडियोमा बडा मायालु टिप्पणी गर्दै प्रियंकाले लेखेकी छिन्, ‘गज्जब, म तिम्रै काखमा मर्न चाहन्छु ।’


यसअघि निक र प्रियंकाको सम्बन्ध विच्छेदको चर्चाले बजार गर्माएको थियो । अभिनेत्री मधु चोपडाले यसलाई ‘बकबास’को संज्ञा दिएकी थिइन् र नचाहिने हल्लाको पछाडि नलाग्न आग्रह गरेकी थिइन् । 


सन् २०१८ मा यो जोडीले हिन्दु र क्रिश्चियन दुबै परम्पराबाट विवाह गरेको थियो । त्यसयता प्रियंकाले सामाजिक संजालमा आफ्नो थर ‘चोपडा जोनस’ लेख्न थालेकी थिइन् । विवाहपछिका तिन वर्षसम्म कयौं पटक उनीहरुविच सम्बन्ध विच्छेदको हल्ला चलिरह्यो । तर दुबैले हरेक पटक रोमान्टीक तस्वीर शेयर गरेर सबैको मुखमा बुझो लगाउँदै आएका थिए । 


यसपटक हल्ला चल्नु स्वभाविक थियो, किनकी प्रिय्रकाले आफ्नो नामबाट पतिको थर ‘जोनस’ हटाइन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो नाममा जोडिएको पतिको थर हटाएपछि करोडौं फयान चिन्तीत भए । कतै निक र प्रिय्रकाको खटपटले डिभोर्सकै रुप लिने त हैन भन्ने अनेक आशँका गरिए । 


प्रियंका हाल अमेजन प्राइमको वेब सिरिज ‘सिटाडेल’मा सहभागि छिन् । यसका साथै उनी हलिउड चलचित्र ‘टेक्स फर यू’मा सेलिन डियानमा पनि देखिनेछीन् । बलिउडमा उनी आलिया भट्ट र क्याटरिना कैफका साथ ‘जिले जरा’मा पनि छिन् । 
निक जोनसको बारेमा अर्को तथ्य के हो भने उनी १३ वर्षको उमेरदेखि ‘टाइप वान’ मधुमेहबाट पिडित छन् । यसैले अचेल उनी मधुमेहबारे जागरण ल्याउने अभियान पनि थालेका छन् । 


‘टाइप वान’ मधुमेह यस्तो रोग हो, जसमा प्याक्रिंयाजले निकै कम इन्सुलीन उत्पादन गर्छ । कम उमेरमा यो पत्ता लाग्नु भनेको वंशाणुगत समस्या हो । यसलाई ‘जुवेनाइल डाइबिटीज’ भन्ने गरिन्छ । यो एक क्रोनिक अवस्था हो, जसमा रोगीले जीवनभर औषधि खानुपर्छ ।  


मधुमेह जागरुकता कार्यक्रममा आफ्नो अनुभव बाँडदै २९ वर्षीय निकले भने, ‘जब मलाई पहिलो पटक यो रोग पत्ता लाग्यो, म अस्पतालमा बसीरहेको थिएँ र ममा मृत्यु भय थियो । तर, इमानदारीताका साथ मैले यो नयाँ समस्यामाथि नियन्त्रण गर्ने तरीका सिकिरहेको थिएँ ।’
निकले जुवेनाइल डाइबिटीजको औषधि खाइरहेकै छन् । उनको सल्लाह छ, ‘भोजनको समय र ब्लड सुगरको लेभलमाथि ध्यान दिइरहनुपर्छ । मधुमेह एक शारीरिक र भावनात्मक लडाइ हो, यसको समर्थन गर्नुपर्छ ।’


 

प्रतिक्रिया