पाइलटका अनेक चर्तिकला, उडीरहेको जहाजमा मदिरापानदेखि ककपीटमै यौन सम्पर्कसम्म


 


काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन पेम्बा शेर्पा चर्चामा छन् । त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज उनले नेपालगञ्जमै अवतरण गराएपछि पाइलटको भूमिकाबारे नेपालमा बहस प्रारम्भ भएको छ । 


सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रुसहितको ट्वीनअटर विमान रूकुमका लागि उडेको थियो । क्याप्टेन शेर्पाको डयूटी ४ बजे सकिन्थ्यो, जतिबेला उनी आकाशमै थिए । उनलाई के सनक चढयो कुन्नी, गन्तव्यतर्फ नलागी ‘आफ्नो ड्युटी सकिएको’ भन्दै नेपालगञ्जमै अवरतण गराए । उनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । 


बोइङमा पाइलटको बबण्डर 

mile hiegh club

आफ्नो सनकका कारण पाइलटहरु बिबाद र चर्चामा आएका घटना विश्वमा भइरहन्छन् ।  विश्वका अन्य पाइलटहरुका चर्तिकला त उदेकलाग्दा छन् । एक पटक त्यो पनि नियालौं न । 


बेलायती पत्रिका ‘डेली मेल’मा केही वर्षअघि एउटा सनसनीखेज खबर प्रकाशित भयो । खबर अनुसार उडीरहेको जहाजमा करीब ३८ हजार फिटको उचाईमा ब्रिटिश एयरवेजका पाइलटले एक महिलासंग यौन सम्पर्क राखेका थिए । जब यो तस्वीर भाइरल भयो, उनी निलम्बित भए । यो हर्कत भइरहँदा पाइलटले बोइङ–७७७ उडाइरहेका थिए र करीब ३९६ यात्री विमानमा थिए । विमान विशेषज्ञका अनुसार हावामा यौन सम्पर्क राख्नु निकै खतरनाक मानिन्छ । 


सन् २०११ मा बेलायती एयरवेजकै पाइलटहरुलाई उडानकै क्रममा मदिरा पिइरहेको भेटियो । दुबै पाइलटविरुद्ध छानविन हुँदा पत्ता लाग्यो, लन्डनबाट वाशिंगटन उडानका क्रममा उनीहरु रेड वाइन र स्याम्पेन पिइरहेका थिए । एयरवेजका यी मेल र फिमेल पाइलट मदिराको नशामा कुन हदसम्म लठ्ठ भए भने दुबैले एकआपसलाई चुम्बन गर्दै ‘प्रेम प्रस्ताव’ राख्न थाले । यो चाल पाएपछि यात्रीहरुले आपत्ति जनाएका थिए । 


‘साउथ  चाइना मर्निङ पोस्ट’का अनुसार हकङकको विमान सेवा प्रदायक कम्पनी कथाय प्यासिफिकको विमानमा पनि यस्तै हर्कत भएको थियो । उडान क्रममा फलाइट एटेन्डेटले पाइलटसँगै मुख मैथुन गर्न थालेकी थिइन् । यात्रुले देखेपति त्यसको कडा विरोध जनाए । यसपछि कम्पनीले छानविन समिति बनाउँदै पाइलट र फ्लाइट एटेन्डेन्टविरुद्ध कार्वाही प्रकृया चलाएको थियो । कथाय एयर हङकङको ठूलो कम्पनी हो, जसमा १३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 


पाइलटसँग ककपीटमै सेक्स

Jennifer-Aniston-

हलिउड स्टार जेनिफर एनिस्टनले गत वर्ष एक टीभी शोमा खुलासा गरेको तथ्यले सनसनी मच्चायो । उनले भनेकी थिइन्, ‘एउटा पाइलट मलाई देखेर पागल भइरहेको थियो । हामी दुबैले ककपीटभित्रै यौन सम्पर्क राख्यौं ।’ एनिस्टनले पाइलटको नाम बताइनन् । तर, उनका मित्र अभिनेता ब्रायड पिट र जस्टिन थेरोक्स पाइलट हुन् । 


एयर फ्रान्सको सहायक कम्पनी ट्रानसाविया पनि गत वर्ष चालक दलका सदस्यहीबिचको सेक्स पार्टीलाई लिएर निकै विवादमा आयो । मिडियामा आएका खबर अनुसार कम्पनीका क्रू मेम्बरहरुले केही वर्षयता ककपीटदेखि पुरै विमानमा यसखालको सेक्स पार्टीको आयोजना गर्दै आएका थिए । एयरहोस्टेजले विमानका पाइलटसँग आकाशमै यौन सम्पर्क राख्ने गर्थे । 


भर्जिन एटलान्टीककी विमानकी एक एयरहोस्टेजले बकाइदा पुस्तक नै लेखेर ककपीटमा भएका यौन सम्पर्कको विस्तृत विवरण सार्वजनिक गरेकी छिन् । भर्जिन एटलान्टीकमा करीब एक दशकदेखि कार्यरत एयरहोस्टेजले बताए अनुसार उनले आफ्ना ब्वायफ्रेन्ड पाइलटहरुसँग फ्लोरिडाको आकाशमा उडान भर्ने क्रममा यौन सम्पर्क राखेकी हुन् । उनको उद्देश्य थियो, माइल हाइ क्लबमा सहभागि हुनु । 


सेक्सी विमान सेवा

flamingo-air_
हाई माइल क्लबमा ति पाइलट र एयरहोस्टेज पर्छन्, जसले विमान उडिरहेको बेलामा यौन सम्पर्क राखेका छन् । हाइ माइल क्लबमा पर्नेहरुले आफ्नो एक वेबसाइट पनि बनाएका छन् । यसमा उनीहरुको आफ्नै शर्त छ । 


हाइ माइल क्लबमा उसको मात्र नाम दर्ज हुन्छ, जसले विमानमा ५२८० फिटभन्दा बढी उचाईमा शारिरीक सम्बन्ध राखेको होस् । हाइ माइल क्लबका हरेक सदस्य वेबसाइटमा आफ्नो अनुभव बाँडने गर्छन् । यद्यपी, उनीहरुको परिचय चाहिँ खुलाइदैन । 


न्यूजील्याण्ड हेराल्डमा प्रकाशित खबर अनुसार विश्वमा एउटा यस्तो विमान सेवा पनि छ, जसले हवाइ यात्राका क्रममा यात्रुलाई यौन सम्पर्कका लागि प्रेरित गर्छ । त्यो हो, फ्लेमिंगो एयर । यात्रुहरु हाइ माइल क्लबमा सहभागि हुन सकून् भनेर नै यस्तो तारतम्य मिलाइएको हो ।


अमेरिकाको फ्लेमिंगो एयरको डिजाइन नै कसरी गरिएको छ भने हाइ माइल क्लबमा सहभागी हुन चाहनेहरुले यात्राका लागि सोही विमान रोजुन् । यसमा यात्रा गर्न जम्मा ४२५ डलर लाग्छ । एक घन्टाको उडानका क्रममा यौन सम्पर्कको पुरापुर छुट छ, यो विमानमा । 


यति मात्र हैन, यो विमान सेवाले जोडीको गोपनियताको पनि हेक्का राख्छ । विमानमा कुनै एयरहोस्टेज हुँदैनन् । पाइलट पनि कानमा हेडफोन राख्छन्, ताकि यात्रुको कुराकानी सुन्न नसकुन् । कम्पनीले जोडीको रोमान्समा खलल नपुगोस् भनेर विमानको विचका सबै सिट निकालेर त्यहाँ आरामदायी ओछयान राखिदिएको छ । जोडी यात्रुलाई यहाँ कपल्स स्याम्पेन र चकलेटबाट स्वागत गरिन्छ । यसका साथै कम्पनीले उडीरहेको विमानमा धेरै जोडीको विवाह पनि गराइदिएको छ । 


उडानमै क्याप्टेनको मृत्यु

michel 1
६ अक्टुबर, २०१५ मा एउटा दुःखद  घटना भयो । फिनिक्सबाट बोस्टनतर्फ गइरहेको अमेरिकी एयरलाइन्सका प्रमुख पाइलट मिचेल जानस्टनको उडानकै क्रममा एक्कासी मृत्यु भयो । हृदयघातबाट क्याप्टेनको मृत्यु भएको जानकारी पाउनासाथ सहायक पाइलटले उडानको कन्ट्रोल आफ्नो हातमा लिएर विमानलाई सुरक्षित अवतरण गराएका थिए । 


यो घटना एयरबस–ए ३२० मा भएको थियो, जतिबेला विमानमा १४७ यात्रु र पाँचजना चालक दलका सदस्य थिए । घटना हुनासाथ सहायक पाइलटले क्याप्टेन मिचेलको मृत्युको खबर एयरबस कम्पनीलाई दिए । विमानलाई बोस्टनतर्फ नलगी माडेर न्यूयोर्कमै अवतरण गराइएको थियो ।


उडदा उडदै झ्यालबाट सेल्फी

selfy

अहो, यी पाइलटको सनक हेर्नुस्, जो उडीरहेको जहाजमा झयालबाट ज्यान बाहिर निकालेर सेल्फी खिचिरहेका छन् ।  सन् २०१८ को फेब्रुअरीमा एउटा यस्तो खतरनाक हर्कतको चर्चा भयो, जसमा बुर्ज खलिफादेखि उच्च पहाडमाथि उडीरहेको बेला पाइलटले विमानको झ्याल खोलेर सेल्फी स्टिकबाट सेल्फी खिचिरहेका थिए । 


वास्तवमै तस्वीर धेरैको होस हवास गुम गराउने खालको थियो । ‘पाइलटगन्सो’ नामक एक इन्स्टाग्राम अकाउन्टबाट शेयर गरिएको तस्वीरमा पाइलट विमानको झयालबाहिर झुण्डीएर सेल्फी खिचिरहेको देखिन्छ । तस्वीर देखेपछि कसैकसैले उनलाई यात्रुको सुरक्षाका खातिर अब आइन्दा त्यसो नगर्न सल्लाह दिइरहेका थिए । 


जब सामाजिक संजालमा भाइरल भएको पाइलटको विचित्र तस्वीर देखेर पुरै विश्वमा विरोधका आवाज उठे, त्यसपछि पाइलटले खुलासा गरे, खासमा यो खतरनाक सेल्फी नक्कली हो । यो सबै फोटोशपको कमाल रहेछ । विमानस्थलमा अवतरण भएको बेला पाइलटले झयालबाट लिएको तस्वीरको पृष्ठभागमा आकाशको तस्वीर समायोजन गरेर यसखालको तनावपूर्ण तस्वीर बनाइएको रहेछ, जसले केही दिन मानिसहरुलाई आश्चर्य र तनावमा राख्यो । 

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया