एलन मस्कका छोराले लिङ परिवर्तन गरे, नयाँ नामको लागि आवेदन

वासिङ्टन। विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कका छोराले आफ्नो लिङ परिवर्तन गरेपछि नयाँ नामका लागि सरकारी कार्यालयमा आवेदन दिएका छन्। एलनका १८ वर्षीय छोरा अलेक्जेन्डर मस्कले लिङ परिवर्तन गर्दै छोरी बनेका थिए। उनले आफ्नो नयाँ लिङको आधारमा नयाँ नाम राख्न खोजेका हुन्। 

लिङ परिवर्तनपछि एलनका छोराले भनेका छन्, बायोलोजिकल बुवासँग कुनै हिसाबले जोडिन चाहन्न। त्यसैले यो आवेदन दिएकी हुँ। 

उनले परिवर्तित लिङ अनुसार नयाँ जन्म प्रमाण–पत्र तथा नामको माग गरेका छन्। आवेदन गत अप्रिलमा सेन्टा मोनिकास्थित लस एञ्जलस काउन्टी सुपिरियर कोर्टमा दायर गरिएको थियो। अलेक्जेन्डरकी आमा जस्टिन विल्सन सन् २००८ मा एलन मस्कसँग छुट्टिएकी थिइन। यसबाहेक यो परिवारमा कुनै विवाद थिएन। छोराले लिङ परिवर्तनका लागि आवेदन दिएको एक महिनापछि गत मेमा मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरेका थिए। यसको कारण ट्रान्सजेण्डरको नियमलाई कडा बनाउने रिपब्लिकनको मुद्धामा उनको समर्थनको रूपमा हेरिएको छ। 

मस्कका ७ सन्तान छन्। जसमा ६ जना छोरा र एउटा छोरी छिन्। क्यानेडेली लेखिका जस्टिनबाट उनको ५ वटा छोरा भएका थिए। प्रेमिका ग्राइम्सबाट १ छोरा र १ छोरी छन्। मस्कको सम्बन्ध पाँच जना युवतीसँग भएको बताइन्छ। 
 

प्रतिक्रिया