टस हारेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ।

मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ।

नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले स्पिनर सुशान भारीको स्थानमा सागर ढकाललाई मौका दिएका छन्।

आजको खेलसँगै ओमान आईसीसी विश्वकप लिग–२ मा आफ्नो सम्पूर्ण ३६ खेल पूरा गर्ने पहिलो टोली बन्नेछ। 
यता, अमेरिका भ्रमणमा नेपाल भने पहिलो जित निकाल्ने  लक्ष्यमा छ। नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित हुँदा अमेरिकासँगको खेल टाई भएको थियो।

नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सागर ढकाल र सन्दीप लामिछाने (कप्तान)

प्रतिक्रिया