दोस्रो खेलमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

काठमाडौं– अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। घरेलु टोली भारतलाई पाहुना टोली दक्षिण अफ्रिकाले गएराति सम्पन्न खेलमा ४ विकेटले पराजित गरेको हो। 

भारतले दिएको १४९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए। यस्तै, भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन मात्र जोड्न सक्यो। भारतका लागि श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए। 

दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए। जितसँगै दक्षिण अफ्रिकाले २–० को अग्रता बनाएको छ। 

प्रतिक्रिया