मोहन्याल गाउँपालिका अध्यक्ष जिसस निर्वाचनमा सहभागी हुन नपाउने

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा रहेकाले परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको छ ।

पत्रमा भनिएको छ,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ।’

निलम्बनमा परेसँगै सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा पनि उनी मतदान गर्न नपाउने भएका छन्। समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यायलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका थिए।


 

प्रतिक्रिया