यौन रोग, वाइट डिस्चार्ज, पिरियड्स जस्ता समस्याको आयुर्वेदिक उपाय

किशोरीहरूमा रजस्वला (पिरियड) को ठूलो समस्या हुने गर्छ। यस्तै, विवाहित महिलामा यौन (सेक्स) सम्बन्धी समस्या उस्तै पाइएको छ। कम उमेर होस् वा उमेर ढल्किसकेका महिला, उनीहरू आफ्नो समस्या खुलेर सबैलाई बताउन सक्दैनन्। त्यसैले यी समस्या पछि गएर ठूलो बन्ने गरेको छ। 

महिलासँग जोडिएका यस्तै ५ वटा समस्या, जसलाई कसरी आयुर्वेदिक तरिकाबाट समाधान गर्न सकिन्छ भन्ने विषयमा भारतका अनुभवी आयुर्वेदाचार्य डा.रवी कोठारीले जानकारी दिएका छन्। ती के हुन्, एक पल्ट बुझ्ने प्रयास गरौं।
शारीरिक सम्बन्धसँग जोडिएको समस्या कहिले काहिँ महिलाका लागि समस्या बन्ने गरेको छ। यसै कारण पारिवारीक योजना, जस्तो कि सन्तान जन्माउन गाह्रो पर्ने गरेको सबै माझ स्पष्ट छ। 

यदी महिलालाई आफ्नो श्रीमानका कारण आमा बन्न बाधा पुगेको अनुभव हुन्छ भने उनले आफ्नो श्रीमानलाई रुखबाट बन्ने गम अर्थात गोन्दको प्रयोग गर्नु उपयुक्त मानिन्छ। ‘मेनोपाउज’ को बेला महिलाको शरीरमा थुप्रै समस्या सुरु हुन्छ। यस्तो बेला शारीरिक सम्बन्ध बनाउनु भनेको महिलालाई अधिक पिडामा धकेल्नु हो। यतिबेला तीन–चार चम्चा गोन्द राती एक गिलास पानीमा भिजाएर बिहान मिस्रीसँगै यसको सेवन गर्दा निकै फाइदा पुग्छ। गुलाबको फुलबाट तयार पारिएको गुलकन्द सेवन गर्दा पनि स्त्री र पुरुषको प्रजन्न क्षमतामा सुधार आउछ।  

भर्खरै आमा बनेका महिलाहरूमा प्रायः एउटै समस्या देखिन्छ, बच्चालाई दुध सेवन गराउने कुरा। शिशुलाई स्वस्थ्य रूपमा हुर्किन आमाको दुध अति आवश्यक पर्छ। तर, हिजोआज आमाहरूमा दुध नबन्ने वा दुध बने पनि कम हुने समस्या अधिक देखिन्छ। आमाको शरीरमा दुध बनाउने क्रिया कमजोर भएकै कारण शिशुका लागि बाहिरी दुध वा पाउडर प्रयोग गर्नुपर्ने अवस्था छ। यसले शिशुमा संक्रमणको जोखिम उत्ति नै हुन्छ। यस्तो बेला आमालाई सोहिजन अथवा ‘मोरिङ्गा आलिफेयरा’ को हरियो तरकारी, कालो जिरा, सतावरी (एसपारेगस) को पाउडर सेवन गर्दा शिशुलाई दुध सेवन गराउन आमालाई खासै गाह्रो पर्दैन। तर, महिलाहरूले यस कुरालाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ, उनीहरूले ‘प्रिग्नेन्सी’को बेला मोरिङ्गाको पत्ताहरू सेवन गर्नु हुँदैन।

महिलाको सुन्दरताको सबैभन्दा ठूलो दुश्मन मोटोपना हो। मोटो शरीरमा महिलाको सुन्दरतालाई ग्रहण लाग्ने गर्छ। मोटो शरीरका कारण महिलालाई अन्य समस्या जस्तै पिसीओडी, प्रेग्नेन्सी, ब्रेष्ट क्यान्सर हुने सम्भावना प्रबल हुन्छ। तर, केही समान्य घरेलु उपायले उनीहरूलाई फाइदा पुग्न सक्छ। धनिया, जिरा र मेथी २–२ चम्चा डेढ लिटर पानीमा उमालेर दिनहुँ पिउनाले यसले निकै फाइदा पुग्छ। 

यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका महिलामा ‘वाइट डिस्चार्ज’ सामान्य मानिन्छ। यौन सम्पर्कको उत्तेजना महसुस हुँदा, ‘ओब्युलेशन’ को बेला वा आमाले दुध सेवन गराउँदा महिलामा ‘वाइट डिस्चार्ज’ पहिलेको तुलनामा धेरै बग्ने गर्छ। तर, आवश्यकताभन्दा बढी बग्न थालेमा यसको उपचार गर्नु जरुरी छ। यस्तै, यसको रंग परिवर्तन भयो भने सतर्कता अपनाउनु अनिवार्य मानिन्छ। ‘बेक्टरियल’ वा ‘फंगस इन्फेक्सन’ का कारण पनि यस्तो हुने गरेको छ। ‘बेक्टरियल इन्फेक्सन’ मा यसको रंग ग्रे र येलो कलरको देखिन थाल्छ। ‘फंगस इन्फेक्सन’ मा यसको रंग अलिक सेतो, च्यापच्याप तथा गाढा हुन्छ। 
बच्चा जन्मिएपछि यसको रंग पिंक कलरको हुन्छ। ट्राइकोमोनस वजाइनलिसमा ग्रिनिश पहेँलो तथा गनाउँदै डिस्चार्ज हुने गर्छ। गेनोरियाबाट हुने डिस्चार्ज पनि गन्हाउने गर्छ, यतिबेला यसको रंग हरियो र पहेँलो हुन्छ। 

‘बेक्टेरियल इन्फेक्सन’ ले ‘वाइट डिस्चार्ज’ बढी हुन थाल्यो भने निमको पत्ताले बनेको चुर्ण मिसाइएको पानीले आफ्नो ‘वजाइना’ लाई सफा गर्दा फाइदा पुग्छ। यस्तै, ‘फंगस इन्फेक्सन’ हो भने फिटकिरी पानीले गोप्य अंग सफा गर्नु लाभदायक मानिन्छ। यसैगरी १–२ चम्चा मेथीको दाना तातो पानीमा मिसाएर राती सुत्नेबेला सेवन गर्दा यसले फाइदा पुर्याउँछ। 

पिरियड्सको गड्बडी पछिल्लो समय महिलाका लागि सबैभन्दा चिन्ताको विषय बन्दै गइरहेको छ। केही आयुर्वेदिक टिप्सले यसमा सुधार गर्न सकिन्छ। तर, यसका लागि आयुर्वेदिक चिकित्सकको सल्लाह लिनु पनि जरुरी छ। 
 

प्रतिक्रिया