भारत टी–२० क्रिकेटमा नयाँ कीर्तिमान नजिक

दिल्ली। दक्षिण अफ्रिकाविरूद्ध आजदेखि सुरु हुने टी–२० शृंखलामा भारत एउटा विश्व कीर्तिमानको नजिकै रहेको छ। आज साँझ ७ बजेर १५ मिनेटदेखि सुरु हुने खेलमा भारतले अफ्रिकालाई पराजित गरेको खण्डमा उ लगातार १३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्ने टिम बन्ने छ। भारतले यसअघि लगातार १२ वटा टी–२० जितेको छ। 

३ नोभेम्बर २०२१ मा अफगानिस्तानलाई ६६ रनले विश्व कपको खेलमा पराजय गरेयता भारतले कुनै खेल हारेको छैन। उसले १२ औं जित २७ फेब्रुअरी २०२२ मा श्रीलंकाविरूद्ध जितेको थियो। 

प्रतिक्रिया