बाबरले तोडे विराटको कीर्तिमान

काठमाडौं। पाकिस्तानी क्रिकेट कप्तान बाबर आजमले भारतका पूर्व कप्तान विराट कोहलीको तीब्र गतिमा एक हजार रन बनाउने पुरानो कीर्तिमानलाई भंग गरेका छन्। 

उनले बुधबार राती वेष्ट इन्डिजविरूद्ध १ सय ३ रन बनाउँदै एकदिवसीयमा आफ्नो १७ औं सतक पुरा गरे। पाकिस्तानका विराट कोहलीको उपनामले पनि चिनिने २७ वर्षीय यी दायाँ हाते व्याट्सम्यानलको उत्कृष्ट इनिङका कारण पाकिस्तान ५ विकेटले विजयी भयो। 

वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको ३ सय ५ रनलाई ४ बल बाँकी रहँदै पाकिस्तानले पुरा गर्यो। तीन एकदिवसीय शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ। 
बाबरले १३ इनिङमा एक हजार रन पुरा गरेका हुन्। यसअघि विराटले १७ इनिङमा हजार रन पुरा गरेका थिए। 

एकदिवसीयमा तीब्र गतिमा हजार रन पुरा गर्ने सूचिमा दक्षिण अफ्रिकाका पूर्व कप्तान एवी डी भिलियर्सको नाम तेस्रोमा छ। उनले १८ इनिङमा पुरा गरेका थिए। 

प्रतिक्रिया