प्रहरीका घुमुवाले विचौलियाको काम गरेः सांसद त्रिपाठी

काठाडौं । सांसद हृदयेश त्रिपाठीले प्रहरी प्रशासनले थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भएको टिप्पणी गरे ।

उनले भने,‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। हाम्रा पुलिस प्रशासनले यो थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’ सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे । उनले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराए । उनले  यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए ।
 

प्रतिक्रिया