जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्दै र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी हुन् ।

उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् । उनले भनिन्,‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन् यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’ उनले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गरी तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया