मलद्वारको क्यान्सरमा वैज्ञानिकलाई ठूलो सफलता  

न्युयोर्क। वैज्ञानिकहरूले क्यान्सर रोगको उपचारमा ठूलो उपलब्धी हात पारेको दावी गरेका छन्। रेक्टल क्यान्सर (मलद्धारको क्यान्सर) का रोगीमा डोस्टरलिमाब नाम गरेको औषधी प्रभावशाली देखिएको छ। क्लिनिकल ट्रायलका रूपमा वैज्ञानिकहरूले रेक्टल क्यान्सर भएका विरामीमा यसको प्रयोग गरेका थिए। ६ महिना लगातार प्रयोग गर्दा क्यान्सरको ट्युमर पुरै निस्तेज भएको न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनको हालै प्रकासित रिसर्च पेपरमा उल्लेख छ। 

अहिले यो ट्रायलको अवस्थामा रहेको हुनाले औषधी सहजै बजारमा उपलब्ध नहुने बताइएको छ। तर, केही देशमा अनलाइन मार्केटिङद्धारा विक्री भइरहेको समाचारमा उल्लेख छ। हाल औषधीको मूल्य प्रति डोज ११ हजार अमेरिकी डलर पर्छ। भ्विष्यमा ठूलो मात्रामा औषधी उत्पादन हुन थालेपछि यसको मूल्यमा कमि आउने बताइएको छ। हालको लागि यो औषधी एन्डोमिट्रियल क्यान्सरमा मात्र प्रयोग गर्न भनिएको छ। 

प्रोफेसर डा. लुइस ए डियाजका अनुसार क्यान्सरविरूद्धको अभियानमा पहिलो पल्ट कुनै औषधी सत प्रतिशत प्रभावकारी देखिएको हो। अहिलेसम्म क्यान्सरविरूद्ध लड्न सक्ने कुनै औषधी निर्माण भएको थिएन। 

अनुसन्धानको विषयमा विस्तृत विवरण बाहिर आइसकेको छैन तर यसलाई ठूलो उपलब्धी मानिएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा. एलन पी विनुक भन्छन्, ‘क्यान्सर रिसर्चमा रोगी ठिक हुनु आफैमा नयाँ उपलब्धी हो।’

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार क्लिनिकल ट्रायलमा रहेका सबै विरामीले यसअघि किमोथेरापी, रेडिएसन र इनवेसिभ सर्जरी गराइसकेका थिए। साइड इफेक्टको रूपमा उनीहरूमा युरिन, बोवेल र यौनसँग सम्बन्धित समस्या थियो। पछिल्लो समय कुनै पनि विरामीमा डोस्टरलिमाब औषधीको साइड इफेक्ट फेला परेको छैन। 

डोस्टरलिमाब ल्याबमा तयार पारिएको एउटा यस्तो औषधी हो, जसले मानव शरीरमा एन्टिबडिजको विकल्पको रूपमा काम गर्छ। क्यान्सरसँग लडिरहेका रोगीको ‘इम्युन सिस्टम’ निकै कमजोर हुन्छ। यसैको कारण एन्टिबडिजको लेभल तल पुगेको हुन्छ। यस्तो अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकाशका लागि बाहिरी औषधीको आवश्यकता पर्छ। 

डोस्टरलिमाब औषधीलाई अमेरिका र युरोपले सन् २०२१ मा प्रयोगका लागि मन्जुरी दिएको थियो। यसलाई टेसारो कम्पनीले २०२० मा उत्पादन गर्न थालेको हो। 

प्रतिक्रिया