नेपाल टी–२० लिगका लागि सञ्चालक परिषद् गठन 

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पल्ट आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट लिग नेपाल टी–२० का लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको छ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी ५ सदस्यीय सञ्चालक परिषद् गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ।

t20 nepal leauge

समितिका सदस्यमा भारतीय पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन्। 

त्यस्तै, लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य रहेको वक्त्व्यमा उल्लेख छ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौताअनुसार ८ सदस्यीय सञ्चालक परिषद्मा दुवै पक्षबाट क्रमशः ३ र २ जना रहने उल्लेख रहेको सचिव मल्लले जानकारी दिए।

क्यान आफैंले आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।
 

प्रतिक्रिया