त्रिविको ताला खोल्न अनेरास्ववियुको तीन दिने अल्टिमेटम

काठमाडौं । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला तीन दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।

बुधबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् ।

विज्ञप्तिमा भनिएको छ,‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोेरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्नेछ । त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं ।’ 

286957308_5443913795659713_7467537699982327005_n

प्रतिक्रिया