दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या

दार्चुला । दार्चुलामा आगो लगाएर एकजना महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक विष्टले जानकारी दिए । घट्ना के कारणले भएको हो भन्नेबारे खुलेको छैन। अनुसन्धानका लागि डीएसपी विष्ट आफै घटनास्थल प्रस्थान गरेका छन् । । एकल महिला खडायतलाई मंगलबार राति हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

मृतक खडायतका श्रीमानको ८ वर्ष पहिले मृत्यु भएको थियो। मृतकका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको बताइएको छ ।
 

प्रतिक्रिया