भूकम्पमा दबिएका मानिसको उद्धारमा मुसाको प्रयोग

काठमाडौं। भूईचालोमा जमिन मुनि दबिएका व्यक्तिको उद्धार गर्न निकै गाह्रो पर्ने गरेको छ। यसै कारण धेरैको ज्यान पनि जान्छ। तर,अब बैज्ञानिकहरूले जमिन मुनि दबिएर बसेका यस्ता व्यक्तिको उद्धारमा मुसाको प्रयोगलाई प्रभावकारी बनाउने भएका छन्। 

अफ्रिकी वैज्ञानिक तथा ओपोपो नामको एनजीओले मुसालाई ट्रेनिङ दिने कार्य पनि सुरु गरिसकेको छ। आफ्नो ढाडमा एउटा सानो ब्याग बोकेर मुसाले उद्धार टोलीको सहयोग गर्नेछ। 

अनुसन्धान  प्रमुख डा. डोना किन भन्छिन्,‘अहिलेसम्म ७ मुसालाई यो परियोजनामा लागि ट्रेनिङ दिने काम भइसकेको छ। २ सातामा उनीहरूले सबै काम सिकिसकेका छन्।’

ओपोपो वेभसाइट अनुसार यी मुसा अफ्रिकामा भेटिने पाउच्ड प्रजातिका हुन्। उनीहरूको नाम ‘हिरो र्याट्स’ राखिएको छ। 

डोना अफ्रिकामा भेटिने पाउच्ड प्रजातिका मुसालाई ट्रेनिङ दिन सहज हुने कारण यसको छनोट भएको बताउँछिन्। यस्तै यसको सुघ्ने क्षमता बलियो हुन्छ। मुसाको औसत आयु ६–८ वर्षको हुन्छ। उनीहरूको खुराक पनि धेरै हुँदैन। यिनीहरू सानो प्वालमा पनि प्रवेश गर्न सक्छन्। यसैले दबिएका मानिसको सूचना प्राप्त गरेर सहजै उद्धार गर्न सकिने अनुसन्धानले बताएको छ। 

rats1

डोना मुसाको सानो ब्यागमा माइक्रोफोन, भिडियो डिभाइस र लोकेशन ट्रयाकर राखिने बताउँछिन्। यसैको आधारमा उद्धार टोलीले जमिन मुनिबाट मानिसको उद्धार गर्ने उनको भनाई छ। अहिले कृतिम बनाइएको फोहोरमा मुसालाई विशेष ट्रेनिङ दिइएको छ। छिट्टै यी मुसालाई टर्की पठाउने योजना रहेको बताइएको छ। टर्कीमा अहिले हरेक दिन जस्तो भूईचालो गइरहेको छ। 

डोना मुसा धेरै कामका लागि उपयोगी भएको बताउँछिन्। मानिसहरू मुसालाई फोहोर फैलाउने जनावरको रूपमा हेला गर्छन। तर, मुसा धेरै ‘स्मार्ट’ हुने गरेको वैज्ञानिकहरूको भनाई छ। ‘यिनीहरू छिटै नयाँ तालिम लिएर हामीलाई आश्चर्यमा पार्छन,’ डिना भन्छिन्। मुसा भूईचालोको लागि मात्र होइन, टिबी र ब्रुसिलोसिस रोगका लागि पनि प्रभावकारी मानिन्छ। मुसालाई यी रोग सुघेर पत्ता लगाउने ट्रेनिङ दिने कार्यलाई पनि अगाडि बढाइएको छ। एक सय ७० जति मुसालाई यी सबै परियोजनामा उपयोग गरिएको छ। 
 

प्रतिक्रिया