बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

नेपालगंज । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले आइतबार दिउँसो वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायतलाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पद रूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरूषले मोटरसाइकलमा राखी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सोधपुछ तथा अनुसन्धानका क्रममा बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय एक किशोरले फेसबुकबाट सोही ठाउँस्थित मानखोलाको छेउमा बोलाएको र राजकुमारलगायत पाँचजनाले जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जबरजस्ती करणीपछि ती किशोरीलाई दुईजनाले घरमा छोड्न जान लागेको खुल्न आएको प्रहरीको भनाइ छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
 

प्रतिक्रिया