पत्रकार पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहले यसवर्षको वातावरण पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ । समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवस (जुन ५) मा पुरस्कार घोषणा गर्ने गरेको छ ।

पोखरेल कान्तिपुर दैनिकमा कार्यरत छन् । अर्जुन ढकाल, चन्द्रशेखर कार्की र जुद्धबहादुर गुरुङ सम्मिलित निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो । समूहको आगामी साधारणसभाको दिन पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कार पाउने पोखरेल ३५ औं पत्रकार हुन् । 
 

प्रतिक्रिया