कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

शुक्रबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् । यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

1-0362022023715-1000x0
 

प्रतिक्रिया