किन करोडौंको ‘डिजिटल करेन्सी’ निःशुल्क बाँडिरहेको छ चीन

पेचिङ (रोयटर्स)। आफ्नो डिजिटल मुद्रा इ–युआनको प्रमोसनका लागि चीनले यतिबेला धेरै योजनालाई अघि सारेको छ। चीनमा पछिल्लो समय डिजिटल मुद्राको प्रयोग तिब्र रूपमा बढिरहेको छ। 

कोभिडबाट प्रभावित आफ्नो अर्थतन्त्रलाई गति दिन चीनले ‘डिजिटल करेन्सी’ को प्रयोग गरिरहेको छ। चीन अहिले महामारीका कारण ग्राहकहरूमा आएको खरिद विक्री सुस्त व्यवहारलाई पुनः गतिशील बनाउन चाहन्छ। उ ग्राहकहरूले खरिद विक्रीमा धेरैभन्दा धेरै धन खर्च गरोस् भन्ने चाहना राख्छ र उसको यो प्रयासलाई चिनियाँहरूले साथ पनि दिइरहेका छन्। 

दक्षिणी शहर सेनजेनले यसै सातादेखि स्थानीय जनतालाई निःशुल्क ३ करोड चिनियाँ युआन बाड्ने योजनालाई अघि सारेको छ। यसको उद्देश्य मानिसलाई खर्च गर्नका लागि धन उपलब्ध गराउनु हो र यसले उपभोग्य सामाग्रीको खरिद विक्रीमा तिब्रता ल्याउने अनुमान गरिएको छ। 

उत्तरी प्रान्त हेबेइको सियोङ शहरले पनि केही दिनअघि ५ करोड युआन बराबरको ‘डिजिटल करेन्सी’ स्थानीयलाई उपहार स्वरुप बाँडेको थियो। 

चीन ‘डिजिटल करेन्सी’ को प्रबद्धन गर्ने देशहरूको सूचिमा अग्रपंक्तिमा छ। पछिल्लो केही समययता चीनमा ‘डिजिटल करेन्सी’ ले तिब्रता पनि पाएको छ। अहिले इ–युआनको प्रयोग चीनले दुई वटा फाइदाका लागि गरिरहेको छ। यसमा पहिलो त उपभोग्य सामानको विक्री वितरणमा तिब्रता ल्याउनु नै हो भने अर्को विश्वव्यापी रूपमा ‘डिजिटल करेन्सी’ को प्रचार गर्नु हो। 

चीनको केन्द्रिय रिजर्भ बैकले गत वर्ष मात्र २६ दशमलव १ करोड चिनियाँ जनताले इ–वालेटको प्रयोग गरेको बताएको छ। उसले यसमा ८७ दशमलव ६ अर्ब युआनको डिजिटल लेनदेन भएको तथ्यांक पनि अघि सारेको छ। पिडब्ल्युसी चाइनाका बरिष्ठ अर्थविद् जी. विनशाओ भन्छन्, यसले पारदर्शीता बढेको छ। 

उनी भन्छन्, ‘सरकारले पहिले सब्सिडी दिँदा लक्षित वर्गमा सुविधा पुग्न निकै कठिन हुन्थ्यो। तर, इ–युआनका कारण पैसाहरू सिधै लक्षित वर्गको हातमा पुगिरहेको छ।’ 

विनशाओ भविस्यमा सरकारले पेन्सन योजनादेखि ढाँचागत विकाश परियोजनाको खर्चमा पनि इ–युआनको प्रयोग गर्नसक्ने तर्फ इंकित गर्छन। 

यिनटेक इन्स्टिमेन्ट होल्डिङ कम्पनीका मुख्य अर्थविद् शिया चुनको भनाई पनि सब्सिडी दिने विषयमा पुरानो ढर्रा भन्दा इ–युआनको प्रयोग फलदायी र तिब्र हुने बताउँछन्। सरकारले अझै यसको प्रयोगमा तिब्रता नल्याएको उनको गुनासो छ। 

पेकिङ विश्वविधालयमा अर्थशास्त्र विषयका प्रोफेसर लिन यिफुले हालै दिएको एउटा मन्तब्यमा भनेका छन्, चीनले लकडाउन खेपेका हरेक परिवारलाई एक–एक हजार युआन उपलब्ध गराउनु आवश्यक छ र तोकिएको मध्ये आधा रकम सरकारले डिजिटल मुद्रामा उपलब्ध गराउन सक्नेछ। 

सेनजेनमा जारी अभियानमा उपभोक्ताले निःशुल्क इ–युआन प्राप्त गर्न एउटा चिट्ठामा भाग लिनुपर्ने प्रावधान राखिएको छ। पसलबाट मात्र यी मुद्रा उपलब्ध नभई सिधै अनलाइनबाट पनि खरिद गर्न सकिने छ। शियोङ क्षेत्रमा डिजिटल सब्सिडीको रकम खानेकुरा, इलेक्ट्रोनिक्स सामान तथा फर्निचर खरिदमा गर्न सकिन्छ। 
 

प्रतिक्रिया