इजरायलमा भेटियो, २७ सय वर्ष पुरानो शौचालय 


काठमाडौं ।  इजरायलको जेरुशेलममा एउटा यस्तो दुर्लभ शौचालय फेला परेको छ, जुन करीब २७ सय वर्षभन्दा बढी पुरानो हो । जेरुसेलमको त्यो बेलाको निजि बाथरुमको विलासिताको प्रतिकमा रुपमा यसलाई हेरिएको छ । 


इजरायल पुरातात्विक प्राधिकरणका अनुसार चूना र पत्थरबाट बनेको शानदार डिजाइनवाला यो शौचालय एक आयातकार कक्षमा पाइयो । शौचालयलाई यसरी बनाईएको थियो कि जुन बस्दा निकै आरामदायक होस् । यसको मुनी जमीनमा गहिरो सेप्टीक टयांँकी पनि खनिएको थियो । 


उत्खनन कार्यका निर्देशक याकोब बिलिगले प्राचीत समयमा निजी शौचालय निकै दुर्लभ भएको र अहिलेसम्म यस्ता एकाध शौचालय प्राप्त भएको बताए । 


‘त्यसबेला धनीहरु मात्र शौचालय बनाउन सक्षम थिए’, उनले भने । 

toilet

वरिपरी बगैचा र जलीय बनस्पती भएको प्रमाण पनि भेटिएको छ, जसबाट के पत्ता लागेको छ भने त्यहाँ बस्ने मानिसहरु निकै धनी थिए । पुरातत्वविदहरुले त्यो युगको पत्थर र भवनका पिल्लरहरु पनि फेला पारेका छन् । 


यसअघि टर्कीमा प्राचित शिल्पकलाको एक अदभूत नमुना फेला परेको थियो । खोजकर्ताहरुले देशको दक्षिणपूर्वी प्रान्त सानलिउरफको कराहेन्टेपमा मानव आकृति र सिरको कलात्मक बुट्टा भरेको आकृति भेटेका थिए । ११ हजार वर्ष पुरानो शिल्पकला प्राचीन समयका कलाकारहरुको कलात्मक प्रतिभाको एक महत्वपूर्ण नमुना मानिएको छ । 


उत्खनन्का क्रममा ‘टी’ आकाशका पत्थर, जनावरका चित्र र थ्रिडी मानव मूर्ति पनि भेटिएका छन् । यसैगरी एउटा ७५ मिटर व्यास र १८ फीट गहिरो एउटा भवन पनि फेला परेको छ । प्रोफेसर नेकमी करुलको अध्यक्षमा यो उत्खनन सन् २०१९ मा सुरु भएको थियो । यसलाई नव पाषाण युगसँग जोडिएको महत्वपूर्ण खोज मानिएको छ । 

toilet2

प्रतिक्रिया