टिभी अभिनेत्री भटको आतंकवादी हमलामा हत्या

काश्मिर। टिभी अभिनेत्री अमरीन भटको हत्या भएको छ। भारतको जम्मु–काश्मिरस्थित चादुरामा बुधबार आतंकवादीले ३५ वर्षीय भटको गोली हानि हत्या गरेको भारतीय सञ्चार माध्यमले बताएका छन्। 
अस्पताल लैजादै गर्दा उनको निधन भएको थियो। गोली काण्डमा अमरीनका १० वर्षीय भतिजा पनि घाइते भएको बताइएको छ। उनको हातमा गोली लागेको छ। उनको स्वास्थ्य अवस्था अहिले खतराभन्दा बाहिर छ। 

भारतीय प्रहरीका अनुसार आतंकवादी संगठन लश्कर–ए–तैयबाले यो घटना गराएका हुन्। यसमा तीन जना आतंकवादी समावेश भएको बताइएको छ। 

काश्मिरको राजधानी श्रीनगरस्थित अनचार सौरा क्षेत्रमा एक दिनअघि मात्र आतंकवादीले पुलिसकर्मी सैफुल्ला कादरीका बुवा मोहम्मद सैयद कादरीको गोली हानि हत्या गरेका थिए। 
 

प्रतिक्रिया