चोलेन्द्रको बहिर्गमनका लागि सभामुखसँग 'हारगुहार'

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमनका लागि सभामुख अग्नि सापकोटासँग सहयोग मागेको छ ।

सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सहयोग मागेको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसदको ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने अभिव्यक्ति दिएकाले सभामुखको सहयोग माग्न आएको बताए । बारले जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको आरोप लगाउँदै आएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाईमा एक महिनादेखि कानुन व्यवसायी आन्दोलनमा छन् ।
 

प्रतिक्रिया