शारदा ब्यारेज २४ सै घण्टा खोल्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष माग

महेन्द्रनगर। कञ्चनपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेटेर महाकाली पुल (शारदा ब्यारेज) २४ सै घण्टा खोल्ने वातावरण मिलाइदिन माग गरेको छ। 

संघका अध्यक्ष जंगबहादुर मल्लको नेतृत्वमा गएको टिमले सोमबार मुख्यमन्त्री धामीसँग भेट गरेको थियो। यस अवसरमा अध्यक्ष मल्लले दोधाराचाँदनीमा निर्माण हुने सुख्खाबन्दरगाह सञ्चालन, लगानी भित्र्याउन र सीमामा देखिएका समस्या समाधान गर्न पनि माग राखेका थिए। 

अहिले शारदा ब्यारेज ७ घण्टा मात्र खुला हुन्छ। मल्लले नेपाली सवारीसाधनलाई खटिमा र पूर्णागिरीसम्म जान स्विकृति प्रदान गरिदिन आग्रह गरेका थिए। 
 

प्रतिक्रिया