टम क्रुजको ‘मिशन इम्पोसिबल–७’ रिलिजको तयारीमा 

वासिङ्टन। हलिउड नायक टम क्रुजको निकै चर्चामा रहेको फिल्म ‘मिशन इम्पोसिबल–७’ को ट्रेलर हालै रिलिज भएको छ। १४ जुलाई २०२३ मा यो फिल्म अमेरिकामा रिलिज हुँदैछ। ‘मिशन इम्पोसिबल’ को सातौं संस्करणको लेखक क्रिस्टोफर म्याक्युरी हुन भने उनले नै फिल्मको निर्देशन पनि गरेका छन्। यसका निर्माणका लागि २९ करोड डलर छुट्याइएको छ।  
 

प्रतिक्रिया