भारतीय मिडियाले चर्चित बनाएको जालीम मियाँले गुमाए आफ्नो गाउँपालिका 

पर्सा। कोरोनाकालमा विदेशबाट आएका मुस्लिमहरूलाई लुकाएको आरोप भारतीय मिडियाबाट खेपेका पर्सा जगरनाथपुरका एमाले नेता जालीम मियाँ अन्सारीको विरासत ढलेको छ। 

सन् २०२० मा नयाँ दिल्लीमा भएको जलसामा विदेशबाट आएका मुसि्लमहरूले भारतमा कोरोना फैलाएको आरोप लागेको थियो। ती विदेशी मुसि्लमहरूलाई भारतको सीमा नजिकै टाँसिएको पर्सा जिल्लामा जालीम मियाँले संरक्षण गरेको आरोप भारतीय मिडियाले लगाएका थिए। 

उनी जगरनाथपुरका निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। त्यतिबेला नेकपा माओवादी केन्द्रबाट उनले चुनाव लडेका थिए। पछि हाल एमालेमा आवद्ध छन्। यसपालि संघीय चुनावमा उठ्ने भन्दै उनले आफ्ना भाई महम्मद सलिम मन्सुरलाई उठाएका थिए। तर, मन्सुर नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादवबाट १८ सय २३ मतले पराजित भएका छन्। यादवले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए। मन्सुरले ३ हजार ९ सय २६ मत प्राप्त गरे। 
 

प्रतिक्रिया