आफ्नै पत्नीलाई चुनाव जिताउन सकेनन् प्रदेश–२ का मुख्यमन्त्रीले

वीरगञ्ज। प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै पत्नीलाई चुनाव जिताउन सकेनन्। जनता समाजवादी पार्टी ९जसपा० बाट उपाध्यक्षमा निर्वाचित बिस्मिल्लाह खातुनको टिकट काटेर राउतले अन्तिम समयमा आफ्नो श्रीमती जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनाएका थिए। 

यो घटनाबाट दुस्खी बिस्मिल्लाह पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन। मुख्यमन्त्री राउत पत्नीलाई नेपाली कांग्रेसकी उम्मेदवार बबिता सिंहले मात्र होइन, नेकपा एमालेकी मीरा देवीले पनि उछिनिन्। खातुन तेस्रो स्थानमा आएकी छिन्। 

विजयी कांग्रेस उपाध्यक्ष सिंहले ५ हजार ५ सय ३१ मत प्राप्त गरेकी थिइन। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरा देवीले ३ हजार ३ सय ४५ मत प्राप्त गरिन्। मुख्यमन्त्री पत्नी खातुनको पोल्टामा ३ हजार १ सय २३ मत झर्यो। 

प्रतिक्रिया