जेलमा भएका अफताबका चिकित्सक छोराले जिते मेयर पद

रौंतहट।  इटाभट्टामा जिउँदै मान्छे मारेको मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेस रौंतहटका प्रभावशाली नेता मोहम्मद अफताब आलमका छोरा मोहम्मद राजीक आलम मेयर पदमा निर्वाचित भएका छन्। उनी रौतहटको राजपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन्। राजीक पेशाले चिकित्सक हुन्। उनी आलमका कान्छा छोरा हुन्।

अफताबले २०६४ को चुनावमा ईटा–भट्टामा मान्छे पोलेर हत्या गरेको अभियोग लागेको छ। उक्त अभियोगमा उनी हाल पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

राजीकले नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए। उनले कूल ६ हजार ३ सय ३५ मतसहित जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद जैद आलमलाई पराजित गरे। जैदले ३ हजार ७ सय ५१ मत ल्याएका थिए। 

उपमेयरमा पनि कांग्रेसकै जमिला असगरी निर्वाचित भएकी छन्। ६ हजार २६८ मतसहित उनी विजयी भइन्। उनका प्रतिस्पर्धी जसपाकै चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत ल्याइन्।
 

प्रतिक्रिया