मध्यपुरथिमिको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी निर्वाचित

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४,०६३ मतान्तरले पराजित गरेका हुन् । सुरेन्द्रले १५ हजार ९८ मत पाए भने पराजित मदनसुन्दरले ११ हजार ३५ मत ल्याए ।

उपमेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ विजयी भए । श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपाललाई तीन हजार १३९ मतान्तरले पराजित गरे । नेपालले आठ हजार ९६३ मत ल्याइन् ।

प्रतिक्रिया