बझाङमा आफैलाई भोट नहाल्ने उम्मेदवार फेला 

महेन्द्रनगर। बझाङको बुंगल नगरपालिकाका एक उम्मेदवारले आफैलाई मत नदिएको खुल्न आएको छ। बुंगल नगरपालिका वडा नम्बर १० का उम्मेदवार करे बागले आफैलाई मतदान नगरेका हुन्। 

उनी स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्ष पदमा उठेका थिए। उनको चुनाव चिन्ह पुतली थियो। तर, बागले आफैलाई मत प्रदान नगरेपछि खाता पनि खोल्न सकेनन्। स्थानीय निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस वडामा नेपाली कांग्रेसका प्रेम ओखेडाले ३ सय ११ मतसहित अध्यक्ष पदको निर्वाचन जितेका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश पुजाराले २ सय ६१ मत प्राप्त गरे।

 

 

प्रतिक्रिया