अनलाइन कक्षामै हस्तमैथुन गरेपछि प्राध्यापकको जागीर चट 


न्यूयोर्क । अनलाइन कक्षा चलीरहँदा हस्तमैथुन गरेको आरोप लागेपछि जागिरबाट निकालीएका एक प्राध्यापकले पुनवर्हालीका लागि विश्वविद्यालयविरुद्ध मुद्दा दायर गरेका छन् । 


सन् २०२० को सेप्टेम्बरमा जागीरबाट निकालीएका आरोपी प्राध्यापकले हालै आएर उल्टै न्यूयोर्कको फोर्डहम विश्वविद्यालयविरुद्ध मुद्दा दायर गरेका छन् । 


यो मुद्दामा हावर्ड रोबिन्सन नाम गरेका ति प्राध्यापकले आफु नपुंसक भएको दाबी गरेका छन् । रोबिन्सनले आफ्नो नागरिक अधिकारको उल्लंघन गरिएकाले विश्वविद्यालयले पुनबर्हाली गर्नुपर्ने दाबीसमेत गरेका छन् । विश्व विद्यालयले आफुलाई बचाउ गर्ने अधिकारबाट बंचित गरेको उनको दाबी छ । 


यौन दुराचार र यौन शोषण संघीय नागरिक अधिकार कानून शिर्षक ११ अन्तर्गत पर्छ । रोबिन्सनले यसको उल्लंघन गरेका हुन् भने उनको मुद्दामा सुनुवाई हुनुपथ्र्यो । तर, फोर्डहम विश्वविद्यालयले चाहिँ यो घटना यो कानूनभन्दा बाहिर भएकाले सुनुवाई बिना नै प्राध्यापकलाई बर्खास्त गरिएको जिकिर गरेको छ । 

foto collage

विश्वविद्यालयकै छात्रा एन्डेरो मोरिनले प्राध्यापक रोबिन्सनले हस्तमैथुन गरेको आरोप लगाएकी थिइन् । उनले त्यसको भिडियो मोबाइलमा रेकर्ड गरेकी थिइन् र आफ्ना भाइ र ब्वाइफ्रेन्डलाई समेत देखाएकी थिइन् । उनीहरुले भिडियो हेरेपछि प्राध्यापकले हस्तमैथुन गरेकै हुन् भन्ने ठहर गरेका थिए । र, यो कुरा छरपस्ट भएको थियो । 


प्राध्यापकका कर्तुतको पोल खोल्ने छात्रा मोरिन चाहिँ कक्षामा फेल भइन् । आफ्नो शैक्षिक भविश्य चौपट भएको भन्दै उनी पनि विश्वविद्यालयविरुद्ध एक मिलियन डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा लडदैछिन् । 


यद्यपी, ६९ वर्षिय प्राध्यापक रोबिन्सनले चाहिँ हस्तमैथुन गरिएको भनिएको समयमा आफु बुढयौलीका कारण कयौं प्रकारका स्वास्थ्य समस्याबाट गुज्रीरहेको दाबी गरेका छन् । प्राध्यापक रोबिन्सनले आफु इरेक्टाइल डिसफंक्सनबाट पिडित भएकाले हस्तमैथुन गर्न असमर्थ भएको दाबी गरेका छन् । 


‘मलाई पिसाबको समस्या छ । पिसाब गर्न मलाई निकै संघर्ष गर्नुपर्छ’, प्राध्यापकले डेली न्यूजसँग भनेका छन्, ‘मैले हस्तमैथुन गरेकै हैन र त्यस्तो विचार पनि मेरो दिमागभन्दा टाढाको कुरा हो । मेरो पुरै ध्यान त पढाउनमै केन्द्रित थियो ।’
त्योबेला आफुले इमेलमा पावर प्वाइन्ट प्रिजेन्टेशन संलग्न गर्ने प्रयास गरिरहेको र मोरिनले हस्तमैथुन गरिरहेको जुन दृश्य देखिन्, त्यो मूत्राशय नियन्त्रण समस्या भएका मध्यम आयुको कुनै मानिसको तस्वीर भएको रोबिन्सनले बताएका छन् । 

robindas 2
सामाजिक सेवा विषयका प्राध्यापक रोबिन्सनलाई विश्वविद्यालयले एक पत्र थमाउँदै ‘तपाइबाट यौन र यससँग सम्बन्धित दुराचार नीतिको उल्लंघन गर्ने खालको आचरण हुनसक्ने अधिक संभावना देखियो’ भन्दै जागिरबाट निकालेको थियो । 
‘मेरो नागरिक अधिकारको उल्लंघन भएको हो, मेरो पुरै शिक्षण करिअरमा कहिल्यै पनि मबाट कुनै समस्या भएन । मेरो शिक्षण रेकर्ड शानदार छ, कुनै छात्रा या फ्याकेल्टी सदस्यको मप्रति कुनै गुनासो थिएन’, रोबिन्सनले भनेका छन् । 


यद्यपी, भिडियो हेरेपछि विश्वविद्यालयले उनको दाबीलाई स्वीकार गरेको थिएन । विश्वविद्यालयका प्रशासक जोनानाथ क्रिस्टलले प्राध्यापकको मुद्दालाई खारेज गरिदिएका छन् । रोबिन्सनलाई आफ्ना कर्तुतको परिणाम स्वीकार गर्न मुश्कील भइरहेको र सहानुभूति बटुल्न खोजेको क्रिस्टलको दावी छ । 


 

प्रतिक्रिया