राजा महेन्द्रका ड्राइभरका छोरा वडा अध्यक्षमा निर्वाचित 

कीर्तिपुर। कीर्तिपुर नगरपालिका वडा नम्बर–४ को वडा अध्यक्ष पदमा राजा महेन्द्रका ड्राइभरका छोरा विजयी भएका छन्। 

सोमबार वडाको अन्तिम मतगणना सार्वजनिक हुँदा श्याम कुमार अधिकारी १३ सय ४३ मत प्राप्त गरेर विजयी भएका हुन्। उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेन्द्र बाँनियाले १ हजार ५१ मत प्राप्त गरेका थिए। 

श्यामले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको निर्वाचन चिन्ह कैची थियो। 

श्यामका बुवा पुस्करसिंह अधिकारी राजा महेन्द्रका ड्राइभर थिए। उनका हजुरबुवा लालबहादुर अधिकारी २०२२ देखि २०३७ सालसम्म कीर्तिपुरको प्रधानपञ्च थिए। २०५० सालमा नेपाल आर्मीका जागिरे श्यामले ८ वर्ष दुबई पुलिसमा नोकरी गरेर २०६५ सालमा देश फर्किएका थिए। 

‘मलाई सबै मतदाताले विश्वास गर्नु भएकोमा धन्यबाद भन्न चाहन्छु। जन चाहना अनुरुप वडाको विकाशमा लाग्ने छु,’ विजयपछि उनले दृश्यटिभीसँग भने।

 

प्रतिक्रिया