स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै मानन्धर विजयी भएका हुन् ।

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् ।


 

प्रतिक्रिया