कालापानी क्षेत्रमा एमाले अघिअघि, गठबन्धन पछिपछि

दार्चुला। नेपालको अन्तिम गाउँपालिका भनेर चिनिने ब्यास गाउँपालिकामा गठबन्धनलाई उछिन्दै नेकपा एमाले अघि देखिएको छ। 

गाउँपालिका अन्तर्गत वडा नम्बर १ र ६ मा एमालेको प्यानल विजयी भइसकेको छ भने हाल २ नम्बरको मतगणना जारी छ। UML
 
गाउँपालिकाको अध्यक्ष पदमा पनि नेकपा एमालेका मंगलसिंह धामी अगाडि देखिएका छन्। उनले नेपाली कांग्रेसबाट पछिल्लो निर्वाचनमा विजयी दीलिपसिंह बुढाथोकीलाई पछाडि पारेका छन्। 

हालसम्म भएको मतगणना अनुसार मंगलसिंहले ९ सय २१ र दीलिपले ७ सय ८४ मत प्राप्त गरेका छन्।

UML1ब्यास गाउँपालिकामा कूल ६ वडा छन्। वडा ६ मा एमालेका राजेश कुँवरले ५ सय ८३ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोजसिंह कुँवरले ४ सय ९८ मत प्राप्त गरेका थिए। 

वडा १ मा विजयी एमाले उम्मेदवार अशोक बोहराले १ सय ९८ मत प्राप्त गरेका थिए। कांग्रेसका शंकर ऐतवालले १ सय ४५ मत प्राप्त गरेका थिए। 
 

प्रतिक्रिया