श्री श्री रवीशंकरको व्यस्तता, वर्षमा ४० देशको यात्रा 

१३ मे १९५६ ‘आर्ट अफ लिभिङ’ का संस्थापक श्री श्री रविशंकरको जन्मदिन हो। उनी आज ६६ वर्षमा प्रवेश गरेका छन् । 
दक्षिण भारतमा जन्मिएका रवीशंकर ४ वर्षको उमेरदेखि नै भागवत गीताको पाठ गर्थे। केटाकेटी अवस्थामै उनको रुची ध्यानतर्फ थियो। उनले वैदिक साहित्य र भौतिक विज्ञानको अध्ययन गरेका छन्। 

सन् १९८२ मा रविशंकरले कर्नाटकको शिमोगामा १० दिन मौन धारण गरेका थिए । यहीबाट ‘आर्ट अफ लिभिङ’ को लोकप्रिय सुदर्शन क्रिया सुरु भएको थियो। सुदर्शन क्रिया स्वास लिने पक्रिया हो। ‘आर्ट अफ लिभिङ’ को माध्यमबाट रविशंकर लाखौं मानिसको मानसिक अशान्ति ठिक पार्न सफल भएका छन् । 

उनी हरेक वर्ष ४० राष्ट्रको यात्रा गर्छन् ।  वर्षको १८० दिन त उनको यात्रामा नै समय निस्किने गर्छ । उनी ७ भाषाका ज्ञानी हुन् । शास्त्रीय संगीतमा पनि उनको विशेषज्ञता छ। उनी वीणा बजाउन माहिर मानिन्छन् । 

२० भन्दा बढी अमेरिकी र क्यानडाको शहरी क्षेत्रमा ७ जुलाइलाई श्री श्री रविशंकर दिवस घोषित गरिएको छ। हरेक वर्ष यहाँ रवीशंकरको नाममा दिवस मनाउने गरिन्छ । सन् २०१७ को नोभेम्बरमा बेङ्लुरुको पैगाम–ए–मोहब्बत कार्यक्रमको आयोजना गरेका थिए। यसमा लगभग २ सय काश्मिरी परिवार समावेश थिए । 

केही वर्षअघि मात्र उल्फा जस्तो संगठनका करिब ७ सय पूर्व आतंकवादी रवीशंकरको आश्रम पुगेर एक महिना योग साधना सिकेका थिए। इराकमा कार्यक्रमका लागि निमन्त्रणा पाउने श्री श्री पहिलो आध्यात्मिक गुरु हुन्। उनले तीन पल्ट इराकको भ्रमण गरिसकेका छन्। 

रवीशंकरले भारतमा ४९ वटा सुख्खा नदिको पुनरुत्थानका लागि काम गरेका छन्, जसका कारण १२ हजार ७७ गाउँका लाखौं जनता लाभान्वित भएका थिए। उनले ६५ देशमा ८ लाखभन्दा बढी कैदीबन्दीका लागि पुनर्वास शिविरको आयोजना गरिसकेका छन्। 

उनले भारतको २२ राज्यमा शुन्य लागतमा युवाहरूलाई खेतीको प्रशिक्षण दिइरहेका छन्। जसबाट २२ लाख किसान लाभान्वित हुने अनुमान गरिएको छ । 


 

प्रतिक्रिया