झडपपछि  लुटियो रौतहटमा मतपेटिका

 रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । त्यसपछि आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेका मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् । त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए ।

पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया