अन्तरा इन्टरनेशनलका संचालकविरुद्ध १७ करोड विगो माग गर्दै मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ ।

विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि मार्फत जानकारी दिएको छ ।

आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया