बलिउड अभिनेता शत्रुध्न सिन्हामाथि ‘सेक्स स्क्याम’को आरोप

काडमाडौं– बिग बोस ५ मार्फत चर्चामा आएकी पुजा मिश्राले बलिउड अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुध्न सिन्हा र उनको परिवारमाथि गम्भिर आरोप लगाएक छन्। उनले शत्रुध्न सिन्हा र उनको परिवारले आफूसँग ‘सेक्स स्क्याम’ गरेको आरोप लगाएकी हुन्।

पुजाका अनुसार कर अधिकारको रुपमा कार्यरत रहेका उनका बुबाले सिन्हा परिवारको मद्दत गरेको सम्झिँदै उनीहरुले आफूसँग भने छलकपट गरेको बताइन्।

उनले भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘उनीहरुको अपराध अर्कै किसिमको थियो। उनीहरु मलाई बेहोस बनाएर काम गर्न लगाउन थालेका थिए। उनीहरुले मेरो सट्टा सोनाक्षी सिन्हालाई स्टार बनाए।’

यता अभिनेता शत्रुध्नका छोरा लव एस सिन्हाले भने पुजाको आरोपलाई अर्थहिन भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पुजाको अवस्था मानसिक रुपमा असन्तुलित रहेको बताउँदै उनलाई उपचारको आवश्यकता भएको बताएका छन्।  

लवले लेखेका छन्, ‘उनको यस्तो आरोपले मानसिक अवस्था असन्तुलित भएको साबित हुन्छ। उनलाई चिकित्सकिय उपचारको आवश्यकता छ। यस्तो प्रमाण नभएको आरोपको विषयमा समय बर्बाद गर्न आवश्यक छैन।’

अभिनेता शत्रुध्न सिन्हा १९७० देखि १९८० को दशकका चर्चित अभिनेता हुन्। हाल उनी राजनीतिमा सक्रिय छन्। उनकी छोरी सोनाक्षी सिन्हा बलिउडकी चर्चित अभिनेत्री हुन्।

प्रतिक्रिया