अमेरिकामा गर्भपतनसँग जोडिएको ५० वर्ष पुरानो फैसला उल्टिन सक्ने

वासिङ्टन। अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारसँग जोडिएको ५० वर्ष पुरानो फैसलालाई उल्टाउन सक्ने अमेरिकी मिडियाहरूले बताएका छन्। गर्भपतनको संवैधानिक अधिकारसँग जोडिएको सर्वोच्च अदालतको एउटा ड्राफ्ट अचानक बाहिरिएपछि आशंका बढेको हो।  

लिक भएको ड्राफ्टमा गर्भपतनको अधिकारलाई समाप्त पार्ने उल्लेख छ। ड्राफ्टमा सुझाव दिइएको छ, सर्वोच्च अदालतले सन् १९७३ मा ‘रोविरूद्ध वेड’ को फैसलालाई उल्टाउन मतदानको प्रक्रिया अपनाउन भनिएको छ। 

ड्राफ्ट बाहिरिएपछि अमेरिकामा प्रदर्शन सुरु भएको छ। मिडिया रिपोर्टमा भनिएको छ, ‘मिड टर्म’ चुनावअघि ड्राफ्ट लिक हुँदा यसको राजनीतिक फाइदा राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीलाई जानेछ। 

भित्री रूपमा केही रिपब्लिकन पनि खुसी भएको दावी गरिएको छ। किनभने सर्वोच्चको यो कदमले गर्भपतनसम्बन्धि अधिकार समाप्त हुनेछ र केही राज्यमा यो प्रथाले अपराधीकरण निम्त्याउने जोखिम छ। त्यसैले यो निर्णयविरूद्ध अमेरिकीहरू एक हुनुपर्ने आवाज उठ्न थालेको छ। 

हालै भएको एउटा सर्भेक्षणमा ७० प्रतिशत अमेरिकी ‘रोविरूद्ध वेड’ को फैसलालाई उल्टाउने निर्णयको विपक्षमा छन्। पूर्व राष्ट्रपति बराक ओबामाका मुख्य रणनीतिकार डेभिड एक्सलरोडको विचारमा सर्वोच्च अदालतको फैसलाले महिला तथा विशेष रूपमा युवा मतदातालाई रिपब्लिकनहरूको पक्षमा उभिन प्रेरित गर्नेछ। 

रिपब्लिकन पार्टी पनि आउँदो नोभेम्बरमा यो बिललाई लिएर कांग्रेसमा बहुमतसिद्ध गर्ने अभियानमा छ। 

अमेरिकामा हाल ‘मिड टर्म’ चुनावको तैयारी सुरु भइसकेको छ। सर्वोच्चले यो फैसला गरेको खण्डमा सर्भेक्षणमा अहिले पछाडि परिरहेका बाइडेनलाई केही राहत महसुस हुने सम्भावना प्रबल मानिन्छ। यो निर्णयले उनको पक्षमा माहौल बन्नसक्ने केही विश्लेषकको भनाई छ। 

हालै तीन वटा एजेन्सीले गरेको सर्भेमा राष्ट्रपति बाइडेनको डेमोक्रेटिक पार्टी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीभन्दा पछाडि देखिएको छ। अहिले देशमा बढेको महंगीका कारण मानिसहरूमा डेमोक्रेटिक पार्टीप्रति आक्रोस छ। 
 

प्रतिक्रिया