‘कफि विथ करण’ अब बन्द

मुम्बई। बलिउडको ‘गसिप’ कार्यक्रम ‘कफी विथ करण’ बन्द भएको छ। बलिउड निर्माता–निर्देशक करण जौहरले यो कार्यक्रम सञ्चालन गर्थे। बलिउड कलाकारको ‘गसिप’ मनपराउनेका लागि यो कार्यक्रम निकै लोकप्रिय थियो। बुधबार करणले आफ्नो सोसल मिडिया अकाउण्टमा कार्यक्रम बन्द भएको जानकारी दिएका हुन्। 

उनले ६ सिजन कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रम बन्द गर्नुपर्ने बारे उनले लेखेका छन्, ‘६ सिजन पुरा गरिसकेको ‘कफि विथ करण’ मेरो र तपाईहरूको जीवनको एउटा अंग थियो। हामीले यो शोमार्फत मानिसहरूमा प्रभाव छोडेका थियौं र पप संस्कृतिको इतिहासमा स्थान पनि बनाएका थियौं। त्यसैले गह्रौ मनसहित ‘कफि विथ करण’ पुनः प्रसारण नहुने बताउन चाहन्छु।’

उनले यसको घोषणा गरेपछि युजर्सले उनलाई सोसल मिडियामा ट्रोल गर्न थालेका छन्। करणको थुप्रै कार्यक्रम विवादास्पद बनेको थियो। उनीमाथि यही कार्यक्रममार्फत ‘नेपोटिजम’ लाई अगाडि बढाएको आरोप लाग्ने गरेको थियो। 
 

प्रतिक्रिया