दाङको लमहीमा बस दुर्घटना, २९ जना घाइते

दाङ । दाङमा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ गइरहेको कर्णाली प्रदेश००–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य  रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँिचएर दुर्घटनामा परेको हो ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
 

प्रतिक्रिया