कुवेतबाट फर्केका युवा विमानस्थलमा सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित एक यात्रु पक्राउ परेका छन् । कुवेतबाट जजिरा एयरमा मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।

जाँचका क्रममा मिक्सरको भित्री भागमा करिब एकसय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन् । तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।

प्रतिक्रिया