हलिउड स्टार जोली युक्रेनको युद्धग्रस्त स्थानमा

युक्रेन। हलिउड स्टार एञ्जेलिना जोली युद्धग्रस्त युक्रेन पुगेकी छिन्। उनी संयुक्त राष्ट्र संघ ९युएन० को सदभावना राजदूत हुन्। उनी युक्रेनको लवीव शहर पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। 

उनी के कारण युक्रेन गएकी हुन्, यो स्पष्ट भएको छैन। तर, उनले युक्रेनमा युद्ध पिडित बालबालिकासँग भेट गरेको तस्वीर तथा भिडियो बाहिरिएको छ। उनी लवीवमा भएको बेला रुसी सेनाले शहरमा रकेट बम प्रहार गरेको तथा जोली भागेर सेल्टरमा छिरेको बताइएको छ। युक्रेनको एउटा न्युज पोर्टलले लवीव शहरमा भइरहेको बमबारीको भिडियो पोस्ट गर्ने क्रममा साइरन बजेपछि जोली सेल्टरतर्फ दौडिदै गरेको देखाएको छ। 

रुस–युक्रेन युद्धमा जोलीले युक्रेनको समर्थनमा वक्तब्य सार्वजनिक गरेकी थिइन्।

प्रतिक्रिया