खार्किभ क्षेत्रका चारवटा गाउँ आफ्नो नियन्त्रणमा लिएको युक्रेनी सेनाको दाबी

काठमाडौं– युक्रेनको सेनाले शनिबार खार्किभ क्षेत्रका चारवटा गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। रुसी सेनाले पूर्वी क्षेत्रको विशाल क्षेत्रलाई तुरुन्तै नियन्त्रणमा लिने योजना बनाएको थियो। तर, सफल हुन नसकेको युक्रेनी सेनाहरुले दाबी गरेका छन्। 

यद्यपि, रुसले युक्रेनमा मिसाइल आक्रमण जारी राखेको छ। ओडेसाको ब्ल्याक सी बन्दरगाहमा रहेको एयरपोर्टको रनवेमा आक्रमण भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।

यता, रुसको रक्षा मन्त्रालयले शनिबार युक्रेनका १७ सैन्य आधार शिविरमा आक्रमण गरेको दाबी गरेको छ। उक्त आक्रमणमा २०० भन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको आकलन गरिएको छ।

प्रतिक्रिया