श्रोत नखुलेको १६ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरलिे काठमाडौंको बालाजुबाट श्रोत नखुलेको १६ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई तनहुँ बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर यादव छन् । उनीहरू शंकास्पद रूपमा हिँडिरहेको फेला परेपछि प्रहरीले खानतलासी गरेको थियो । रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया