वन अधिकृतिसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमार्ग निर्माणका नाममा झुटो बिल पेस गरी आठ लाख ८६ हजार ६०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका–१ मा जवलधारदेखि काछसम्मको पदमार्ग निर्माण गर्ने भन्दै झुटो बिल पेस गरी रकम हिनामिना गरेको आरोपमा डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया