एक नम्बर प्रदेशको महानगरमा १६ जनाको दावी

बिराटनगर। प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरमा प्रमुख पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् । १९ वटा वडा रहेको महानगरमा वडाध्यक्षका लागि १७२ जनाको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगर प्रमुखमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा र राप्रपाबाट प्रह्लाद साहको उम्मेदवारी दर्ता भएको छ।

lc 2022 vयसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काँग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् । 

आइतबार स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा जसपाबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट बिन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दिएका छन् ।

महानगरको उपप्रमुखमा जनता समाजवादी पार्टीनिकट महिलाहरूको संगठन समाजवादी महिला संघकी अध्यक्ष सदिना खातुनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । विराटनगर महानगरपालिकामा गठबन्धनलाई सघाउने निर्णय गरेको माओवादीलाई वडामै समेत सघाउन कांग्रेस तयार नभएपछि उम्मेदवारी दिएको न्यौपानेको भनाइ छ ।

lc 2022cनिर्वाचन आयोगका अनुसार प्रदेश १ मा सबैभन्दा बढी उम्मेदवार मोरङमा छन् । आयोगका अनुसार मोरङमा कूल ३ हजार ५८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

देशभरिको तथ्यांकमा प्रदेशगत रुपमा सबैभन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । आयोगका अनुसार मधेस प्रदेशमा कूल २४ हजार १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रोमा प्रदेश १ परेको छ । प्रदेश १ का स्थानीय तहमा विभिन्न पदका लागि १८ हजार ४९९ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
 

प्रतिक्रिया