नायब सुब्बा थापाविरुद्ध १ करोड ८६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । एउटा नायब सुब्बाले जागिरे जीवनमा कति कमाउछ पाँच लाख, दश लाख पचास लाख ? तर होइन । एक जना नायब सुब्बाले करिव दुई करोड बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ८७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको कसुरमा नायब सुब्बा देवीबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी २०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरेका थिए ।

थापाले २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानूनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध अकूत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको माग दाबी गरिएको छ ।

a84i6b-1

प्रतिक्रिया