एमालेबाट वीरगंजको मेयरमा विजय सरावगीको उम्मेदवारी दर्ता

वीरगंज । वीरगंज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेले वीरगंजको मेयरमा टिकट दिने पक्का भएपछि उनले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सरावगीले जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई जिताउने विश्वास व्यक्त गरे ।

सरावगीसँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् । 

प्रतिक्रिया